राष्ट्रिय परीक्षा बोर्डको बैठक

राष्ट्रिय परीक्षा बोर्डको बैठक

काठमाण्डौं ।
राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी छ । कक्षा १२ को परीक्षाबारे निर्णय लिन बैठक बसेको हो । शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेका लागि तोकिएको कक्षा १२ को परीक्षा हेरफेरको एजेन्डासहितको बैठक जारी रहेको बैठकमा सहभागी बोर्डका एक सदस्यले जानकारी दिए । नजिकिँदो परीक्षा भएपनि शिक्षक हडतालका कारण परीक्षाका लागि अभिमुखीकरण लगायतका काम पनि अघि बढ्न सकेका छैनन् । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारीसहितका आफूहरुका माग पूरा नभएसम्म शिक्षकहरुलाई कुनै पनि हालतमा परीक्षामा सहभागी नहुन निर्देशन दिएको छ । यसैबीच शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि झन अर्को समस्या थपिएको छ । ५ लाखभन्दा बढी परीक्षार्थी रहेको कक्षा १२ को परीक्षा सञ्चालनका लागि २० हजार जनशक्ति आवश्यक पर्छ । परीक्षाका लागि जापानको एभरेष्ट स्कुलसहित १ हजार ५ सय ९१ परीक्षा केन्द्र रहेका छन् ।।