१२ को परीक्षा नरोक्ने : राष्ट्रिय परीक्षा बोर्ड

१२ को परीक्षा नरोक्ने : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए ।

‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको छ । सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ । त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ’ उनले भने । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ।शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।