अत्यधिक गर्मीका कारण बिहारमा १४ जनाको मृत्यु

अत्यधिक गर्मीका कारण बिहारमा १४ जनाको मृत्यु

काठमाडौ,मुक्तिनाथ खबर
भारतीय बिहारमा अत्यधिक गर्मीका कारण हालसम्म १४ जनाको मृत्यु भएको छ। 
तीमध्ये १० जना चुनावी काममा खटिएका व्यक्ति रहेको बीबीसी हिन्दीले जनाएको छ। 
बिहार सरकारको विपद् व्यवस्थापन विभागका अनुसार मृत्यु भएका १४ जनामध्ये ५ जना भोजपुर जिल्लामा, ३ जना रोहतासमा, १ जना कैमुरमा र १ जना औरंगाबादमा चुनावी काममा खटिएका थिए ।
यसबाहेक मृत्यु हुने अन्य चार जना औरंगाबादका बासिन्दा थिए।मृतकका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढेको छ ।
उत्तर र मध्य भारतमा अत्यधिक गर्मी छ।
यसअघि बिहारको एउटा विद्यालयको भिडियो सार्वजनिक भएको थियो, जसमा बालबालिका गर्मीका कारण बेहोस भएका थिए। धेरै बालबालिकालाई अस्पताल भर्ना गर्नुपरेको छ।
बिहारमा जुन ८ सम्मका लागि विद्यालय बन्द गरिएको छ।।