गुजरातको एक मलमा आगलागी,९ जनाको मृत्यु
काठमाडौ,मुक्तिनाथ खबर
भारतीय प्रान्त गुजरातको राजकोटस्थित टीआरपी मलमा शनिबार भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ।
राजकोट सिभिल अस्पतालको आपत्कालीन वार्डले ९ जनाको शव फेला परेको बीबीसी गुजराती सेवालाई जानकारी दिएको छ।
तर मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
बीबीसीका अनुसार आगलागी भएको थाहा पाउनासाथ दमकलसहित उद्धारकर्ता घटनास्थल पुगेका छन्।





