दक्षिण कोरियामा विमान दुर्घटना, अवतरण गर्दा अनियन्त्रित

दक्षिण कोरियामा विमान दुर्घटना, अवतरण गर्दा अनियन्त्रित

१४ पुस, काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ । कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना भएको हो ।
विमानअवतरणका क्रममा धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।
समाचार अनुसार १७५ यात्रु र ६ जना उडान दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । जहाजमा रहेका यात्रुहरूमा १७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक थिए ।
योनहापका अनुसार उद्धार अभियान जारी रहँदा दुई व्यक्ति जीवितै फेला परेका छन् । उद्धार कार्य जारी रहेको छ । थप विवरण आउन बाँकी रहेको जनाएको छ ।