दाहाल, ओली र नेपाल भेटवार्तामा के भयो ?
काठमाण्डौं,मुक्तिनाथ खबर
प्रधानमन्त्री पुष्पकमल दाहाल , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए । भेटमा आइतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा नेपाल सहभागी भएको विषयमा पछि छलफल भएको बताइएको छ । नेकपा एमालेले सत्तारुढ दल भएर विपक्षी दलहरुको बैठकमा सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने अध्यक्ष नेपाल आफूसँग परामर्श गरेरै प्रतिपक्ष दलहरुको बैठकमा गएको बताएका छन् । माधव नेपालका कारण सत्ता गठबन्धनमा समस्या नआउने प्रधानमन्त्री दाहालको विश्वास छ ।।





