नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने
काठमाण्डौं, मुक्तिानाथ खबर ।
नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल आउने जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो । तर, एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत कुरामा प्रश्न उठाएपछि खेल साउदी अरबमा सारिएको हो ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार खेल स्थानीय समयअनुसार बेलुका ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ ।





