प्रशिक्षक ज्याभी हर्नान्डेजलाई बर्खास्त

प्रशिक्षक ज्याभी हर्नान्डेजलाई बर्खास्त

काठमाडौ ,मुक्तिनाथ खबर ।

बार्सिलोनाले शुक्रबार आफ्ना प्रशिक्षक ज्याभी हर्नान्डेजलाई बर्खास्त गरेको छ । क्लब अध्यक्ष जोन लोपार्टाले जाभीलाई अर्को सिजनका लागि बार्सिलोनामै राख्ने सहमति बाहिरिएको केही सातामा यो बर्खास्तीको निर्णय आएको हो ।
अब स्पेनी ला लिगाको यस सिजनको अन्तिम खेलमा जाभीले आइतबार टिम सम्हाल्नेछन् । बार्सिलोनाले भनेको छ, ‘क्लब अध्यक्ष जोन लोपार्टाले ज्याभीलाई सन् २०२४–२०२५ को सिजनका लागि प्रशिक्षक नरहने जानकारी दिएका छन् ।’
अब जाभीको स्थानमा बायर्न म्युनिक तथा जर्मनीका पूर्व प्रशिक्षक हान्सी फ्लिक प्रशिक्षक पद सम्हाल्ने बलियो प्रत्यासी भएका छन् । यो सिजन बार्सिलोनाले कुनै उपाधि जित्न सकेको छैन र यसै कारण पनि ज्याभी दबाबमा थिए ।