विदेशबाट नेपाल फर्किँदा ल्याउन पाउने सुनको कोटा घट्यो

विदेशबाट नेपाल फर्किँदा ल्याउन पाउने सुनको कोटा घट्यो

काठमाडौ,मुक्तिनाथ खबर

नयाँ बजेटले विदेशबाट नेपाल फर्किँदा ल्याउन पाउने सुनको कोटा घटाएको छ । भन्सार महसुलमा पनि अतिरिक्त ३ प्रतिशत वृद्धि गरेको छ ।
यसअघि नयाँ बजेट आउनुभन्दा पहिले कुनै कर नतिरी ५० ग्राम र कर तिरेर जम्मा २ सय ग्रामसम्म ल्याउन पाउनेमा नयाँ बजेटले अनुसार अब महिलले १५० ग्रामभन्दा धरै सुन ल्याउन पाउने छैनन् । पुरुषको हकमा भने २५ ग्राम कुनै महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता गगन बहादुर बिकेले नयाँ बजेटको आर्थिक विधेयकले महिलाले २ सय ग्राम सुनका गहना ल्याउन पउनेमा पुरानो व्यवस्था भएको ठाउँमा ५० ग्राम घटाएर १५० ग्राम माात्रै ल्याउन पाउने व्यवस्था गरेको बताए ।

जसमा ५० ग्रामको कुनै महशुल तिर्न पर्दैन । ५० ग्रामको सुनका गहनाको १५ प्रतिशत कर तिर्नु पर्छ ।
महिलाले १५० ग्राम र पुरुषले १०० ग्रामभन्दा धेरैको गहना ल्याएमा जफत हुन्छ ।
सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई मान्यता दिइने छैन ।।