सिरोहिया थप ३ दिन थुनामै
काठमाडौँ । मुक्तिनाथ खबर
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा रहने भएका छन् । तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको हो ।
जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।
धनुषा जिल्ला अदालतले आज दोस्रोपटक म्याद थप गरेको हो ।
यसअघि गत बुधबार पनि ३ दिनकै म्याद थप भएको थियो ।
सिरोहियाको र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिएको थियो ।
आजको इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका अधिवक्ताहरूले सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए ।





