सिरोहिया पक्राउ गरिएको घटनाप्रति गगन थापाको आक्रोश
काठमाण्डौं,मुक्तिनाथ खबर।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले यसलाई सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने सत्ताको प्रयासका रुपमा चित्रण गरे ।
आज पार्टी निकट पत्रकारको संगठन प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले अहिलेको सरकारल शाही सरकारको पालामा भन्दा बढी निरंकुश चरित्र देखाएको दाबीसमेत गरे ।





