सुन तस्करी नयाँ तरिका , कपडामा लेपन गरेर ल्याउने पक्राउ

काठमाडौँ । मुक्तिनाथ खबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३९ वर्षीय नवीन हरिशलाल गोक्लानी ​ रहेको प्रहरीले जनाएको छ । गोक्लानी बिहीबार दिउँसो करिब ३ बजेतिर पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।
दुबईबाट काठमाडौं आएका गोक्लानी आगमन गेट नजिकबाट पक्राउ परेका हुन् ।​
एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको कपडा अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
चेकजाँचका क्रममा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको छ । यस्तै उनको साथबाट ४० ग्रामको सुनको सिक्री पनि बरामद भएको छ ।