काठमाडौँ । मुक्तिनाथ खबर

विश्वप्रख्यात आरोही कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको सफल आरोहण गरेर फर्किएका छन् । शुक्रबार काठमाडौं आइपुगेका उनलाई भव्य स्वागत भएको छ । उनले गत बुधबार बिहान ७ बजेर ४९ मिनेटमा ३० औँ पटक सगरमाथा चुचुरोमा पुगेका थिए । सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै एक्ला आरोही हुन् ।