वीर अस्पतालमा १०० जना नर्स करारमा राख्ने

वीर अस्पतालमा १०० जना नर्स करारमा राख्ने

मुक्तिनाथ खबर, काठमाडौं ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले करार सेवामा १०० जना नर्स पदपूर्ति गर्ने भएको छ ।
अस्पतालले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका नर्सले सात दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो ।
लिखित परीक्षाबाट नर्सको छनोट गरिने छ भने परीक्षा २६ जेठका लागि तोकिएको छ ।
परीक्षामा २०८० मंसिर १ गते प्रकाशित सूचनाका आधारमा दरखास्त भरेका नर्सहरूले पनि सहभागी हुन सक्ने अस्पतालले जनाएको छ ।