युरो २०२४ का लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा
काठमाण्डौं, मुक्तिानाथ खबर ।
आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक डोमेनिक टेडेस्कोले सोमबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा अनुभवी खेलाडी जोन भर्टोङगन, रोमेलु लुकाकु र केभिन डे ब्रुएना समावेश छन् । तर अनुभवी गोलकिपर टिबाउथ कोर्तवा भने टिममा छैनन् ।
चोटका कारण यसअघि नै प्रशिक्षक टेडेस्कोले कोर्तवा युरो खेल्ने टिममा नपर्ने जनाइसकेका थिए ।
बेल्जियमसँग युरो २०२४ का लागि जुन ७ सम्मको समयसीमा अघि एक खेलाडी थप्ने विकल्प छ ।
समूह ई मा बेल्जियम, रोमानिया, युक्रेन र स्लोभाकिया छन् । बेल्जियमले जुन १७ मा फ्रान्कफर्टमा स्लोभाकिया विरुद्ध खेल्दै युरो सुरु गर्नेछ ।





