बालेनले किन रद्द गरे सिंगापुर भ्रमण ?
काठमाडौ,मुक्तिनाथ खबर
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंगापुरको भ्रमणमा नजाने भएका छन्। मेयर बालेन आगामी जेठ २० देखि २२ सम्म सिंगापुरमा हुने नवौं वल्र्ड सिटी समिटमा भाग लिन सिंगापुर जाने कार्यक्रम तय भएको थियो।
जसका लागि उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सरकारलाई स्वीकृतिका लागि आग्रह गरेका थिए। तर, कार्यव्यस्तताका कारण उनको भ्रमण रद्द गरिएको प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणका लागि स्वीकृति दिइसकेको थियो।।





