नेपालले आईसीसी टी-२० विश्वकपमा आज नेदरल्यान्ड्ससँग खेल्दै

नेपालले आईसीसी टी-२० विश्वकपमा आज नेदरल्यान्ड्ससँग खेल्दै

मुक्तिनाथ खबर ।
नेपालले आईसीसी टी(२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ स् १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।

सुपर(८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ ।

ग्राण्ड प्रेरीमा जारी टी(२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाका आरोन जोन्सले ४० बलमा १० छक्कासहित ९४ रनको विष्फोटक इनिङ खेलेका थिए । नेपालले वार्मअप खेल क्यानडासँग १८४ रनको लक्ष्य पछ्याउनेक्रममा १२० रनमा अल आउट भएको थियो ।

ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी हुँदा नेपाल लक्ष्य पछ्याउन खोज्नेछ । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रलाई अन्य खेलाडीले साथ दिनुपर्ने हुन्छ । शीर्षक्रमको ब्याटिङ नचल्नु नेपालको कमजोरी देखिदै आएको छ ।
नेदरल्यान्ड्सले पार्मअप खेलमा श्रीलंकाविरुद्ध १८१ रन बनाउँदै २० रनको जित हात पारेको थियो । नेदरल्यान्ड्सको मध्यक्रममा स्कट एडवार्ड्स, तेजा निणामानिरु र साइब्राण्ड एंगलब्रेक्ट हुनेछन् ।
गत मार्चमा नेपाललाई त्रिकोणात्मक सिरिजको फाइनलमा ४ विकेटले हराउन नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य १९।३ ओभरमा पूरा गरेको थियो । उक्त नतिजाले नेदरल्यान्ड्को मनोबल केहि बलियो छ ।